५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मजदुरी गर्न गएका बझाङका ३० वर्षीय युवा डढेलोमा अस्ताए

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र सोही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका बताइएको छ। मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवारको बिचल्ली भएको छ।  

प्रकाशित: २१ वैशाख २०८१ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App