३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीको ‘बारकोड’ मा सर्वसाधारणको पहुँच

जिल्ला प्रहरी कार्यालयले देश भरिका सर्वसाधारणको पहुँचमा लागु हुने गरी नमुना बारकोड सार्वजनिक गरेको छ।

बर्दिया प्रहरीले सार्वजनिक गरेको बारकोडमा पहिचान नखुलेका शव र हराएका व्यक्तिका सम्पूर्ण विवरण रेकर्डमा उल्लेख गरिएको छ।

बारकोड सर्वसाधारणले स्क्यान गरेर तत्काल हेर्न सक्ने समेत प्रहरीले प्रबन्ध मिलाएको छ। प्रहरीको पहुँचमा रहेको बार कोड सर्वसाधारणको पहुँच सम्म पुर्‍याउन लामो समयको प्रयास पछि जिल्ला प्रहरी कार्यालयको नेतृत्व सफल भएको हो।

यसअघि पहिचान नखुलेका शव र हराएको व्यक्तिको रेकर्ड प्रहरी कार्यालयमा उल्लेख भएपनि प्रहरीले चिन्न नसक्दा समस्या उत्पन्न भइरहेको थियो।

प्रहरी प्रधान कार्यालयले प्रहरीले ईन्ट्राबाट मात्र हेर्न सम्भव हुने गरि एप निर्माण गरेको थियो। त्यस लगत्तै इन्टरनेट मार्फत वेबसाइट प्रयोग गरेर हेर्न सक्ने गरि निर्माण गरेको उल्लेख गर्दे प्रहरी हेरेर चिन्न नसक्दा वा साक्षर सर्वसाधारणलाई प्राविधिक जटिलताले सम्भव नभएपछि बर्दियामा नयाँ बार कोड लन्च गरिएको प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए।

बर्दिया प्रहरीले सार्वजनिक गरेको बारकोड। 

‘पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको लामो सूचि छ ’ धितालले भने, ‘सूचिको विवरण प्रहरीले मात्र हेर्दा चिन्न सम्भव भएन, त्यसकारण सर्वसाधारणको पहुँचका लागि बार कोड सार्वजनिक गरेका हौ।’

बारकोडमा पहिचान खुल्न नसकेका व्यक्तिका तस्बिर र हराएका व्यक्तिका तस्बिर उपलब्ध छ। कस्तो ठाउँमा शव भेटिएको समेत प्रहरीले खुलाएर लखेको छ। पहिचान नखुलेका र हराएका व्यक्तिको सूचि क्यामराबाट सहजतरिकाले उक्त बार कोड कैद गरेर हेर्न सकिने प्रहरी धितालले बताए।

‘सर्वसाधारणले त्यस्ता शव वा हराएको व्यक्तिको तस्बिर चिन्न सक्छन्,’उनले भने,‘बर्सो देखि हराएका व्यक्ति र शवको पहिचान नखुलेर पीडित बनेका सर्वसाधारण त्यस बाट लाभान्वित हुनेछन्।’

प्रहरी उपरीक्षक धितालका अनुसार प्रहरी प्रधान कार्यालयमा हुँदा प्रहरीको पहुँचमा ईन्ट्रा सेवा सुरु भएको हो। ‘म प्रहरी प्रधान कार्यालयमा कार्यरत रहँदा ८ महिना अघि वेबसाइटको सुरुवात गरियो,’उनले भने,‘इन्टरनेट बाट वेब साइट खोल्दा झन्झटिलो प्रक्रिया भयो, त्यसलाई पूर्णता दिन बार कोड निर्माण गरिएको हो।’ 

प्रकाशित: १९ वैशाख २०८१ १९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App