३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

घाँस काट्ने मेसिनले च्यापेर चितवनमा एक जना घाइते

चितवनमा घाँस काट्ने मेसिनले च्यापेर एक जना घाइते भएका छन्।

रत्ननगर नगरपालिका-१६ स्थित दोबाटो टोलमा मकैको ढोड काट्ने क्रममा मेसिनले च्यापेर आज (बुधबार) सोही ठाउँका ३५ वर्षीय हरि अधिकारी घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइते अधिकारीको अवस्था गम्भीर रहेको छ। उनको उपचार भरतपुरको एलाईभ अस्पतालमा भइरहेको छ। अधिकारी दोबाटो टोलका रामकुमार श्रेष्ठको जग्गामा कमल थापाले लगाएको मकैको ढोड काट्न गएका थिए।

सो क्रममा उनी मधेश प्रदेश–०३–००१ त ८१०८ नम्बरको ट्याक्टरमा जडित घाँस काट्ने हार्वेस्टर मेसिनमा अड्किन पुगेका थिए। मेसिनमा उनको दुवै खुट्टा अड्कन गई खुट्टामा गहिरो चाट लागेको प्रहरीले जानकारी दिएको छ।

अहिले ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १९ वैशाख २०८१ १८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App