३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पाइलटबाबा आश्रम नजिककाे जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा

भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ।  

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो। चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताए।  

उनले भने– ‘आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ।’ आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले सङ्कलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए। 

सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको बताए।

धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उनकाे भनाइ छ। आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उनले बताए।-रासस

प्रकाशित: १९ वैशाख २०८१ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App