३ वैशाख २०८२ बुधबार
image/svg+xml १५:४४ अपराह्न
समाज

सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचनाजारी गरेका हुन्।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए। निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए। रिटमा सर्वोच्च अदालतले गुरुङको पक्षमा फैसला गरेको थियो।

प्रकाशित: १२ वैशाख २०८१ १७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App