२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२४ घन्टा नबित्दै जनकपुरमा फेरि एउटा गेस्ट हाउसमा युवक मृत फेला

२४ घन्टा नबित्दै जनकपुरस्थित एक गेस्ट हाउसमा एकजना युवक मृत फेला परेका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ का २५ वर्षीय मित कुशियैत यादव जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एन्ड गेस्ट हाउसमा मृत फला परेका हुन्।

धनुषा प्रहरीका प्रवक्ता तथा डिएसपी रञ्जन अवाका अनुसार कुशियैत मंगलबार राति उक्त गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

गेस्ट हाउसको कोठा नं. २०४ मा राति ११ बजेतिर कुशियैत झुन्डिएको अवस्थामा मृत फेला परेको प्रवक्ता अवाले बताए।

उनका अनुसार हिजो साँझ ७ बजे कुशियैतले कोठा बुक गराएका थिए। उनी बसेको कोठाको ढोका खुल्लै रहेको र कोठाभित्र उनको शव झुन्डिएको अवस्थामा फेला परेका हुन्।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

होटेलमा काम गर्ने दुईजना कामदारलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको डिएसपी अवाले बताए।

यसअघि मङ्गलवार मात्रै जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसको कोठा नम्बर २०५ मा झुन्डिएको अवस्थामा एकजना महिला र एकजना पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

महोत्तरीको पिपरा गाउँपालिका–४ का ३० वर्षीय हितेन्द्र पासवान र माइती पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन्।

प्रकाशित: १२ वैशाख २०८१ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App