२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौँको वायु प्रदूषण अझै घातक स्तरमै,यी हुन् विश्वका १० सबैभन्दा धेरै प्रदूषित सहर

फाइल तस्बिर

काठमाडौँको वायु प्रदूषण अझै घट्न सकेको छैन। विश्वको १० मुलुकको सूचीमा काठमाडौँ अझै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहरको रुपमा रहेको छ।

आईक्यू एयरका अनुसार विश्वको सबैभन्दा धेरै प्रदूषित सहरमा चीनको राजधानी बेइजिङ रहेको छ। अघि बिहान ८ बजे बेइजिङको एक्यूआई १६५ रहेको मापन गरिएको छ। यस्तै काठमाडौँको एक्यूआई १६२ मापन गरिएको छ। जुन मानव स्वास्थ्यका लागि घातक मानिन्छ।

काठमाडौँमा बिहानैदेखि घाम लागेपनि प्रदूषणको स्तर भने घट्न सकेको छैन। भारतको पश्चिमी क्षेत्रका विभिन्न स्थानमा डढेलो लागेको र स्थानीय प्रदूषणका कारण काठमाडौँको प्रदूषण ठूलो पानी वा हावाहुरी नचलेसम्म कम हुन नसक्ने बताइएको छ।

काठमाडौँ पछि विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहरमा संयुक्त अरब इमिरेट्स्को दुबई रहेको छ। दुबईको एक्यूआई १६० मापन गरिएको छ।

त्यसैगरी चौथो सबैभन्दा प्रदूषित सहरमा भियतनामको हानोई रहेको छ। हानोईको एक्यूआई १५८ मापन गरिएको छ भने पाँचौ स्थानमा थाइल्यान्डको चियाङ मई रहेको छ। चियाङ मईको एक्यूआई १५५ मापन गरिएको छ।

भारतको राजधानी दिल्ली १५३ एक्यूआईका साथ छैटौँ स्थानमा रहेको छ भने थाइल्यान्डको राजधानी बैङ्कक १५२ एक्यूआईका साथ सातौँ स्थानमा रहेको छ।

इन्डोनेशियाको मेदान १४३ एक्यूआईका साथ आठौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने पाकिस्तानको लाहोर १३७ एक्यूआईका साथ विश्वको नवौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। चीनको वुहान १३४ एक्यूआईका साथ विश्वको दसौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ।

प्रकाशित: ९ वैशाख २०८१ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App