२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एनआइटीसीका तत्कालीन कार्यकारी निर्देशक पौडेल पेमेन्ट गेटवे मुद्दामा दोषी ठहर

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन्। नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले उनलाई शुक्रवार दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले भ्रष्टाचारमा संलग्न भएको भन्दै उनलाई दोषी ठहर गरेको हो।

पौडेलको सजाय निर्धारणका लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको विशेष अदालतले जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको आरोपमा सरकारका दुई जना सचिवसहित ९जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एनआईटीसी अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि २४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको थियो।

यस मुद्दामा पौडेलबाहेक प्रणिता उपाध्याय, सञ्जय शर्मा, रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, निमबहादुर वली, सफल श्रेष्ठ र मधुकुमार मरासिनीले सफाइ पाएका छन्।

प्रकाशित: ७ वैशाख २०८१ २०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App