१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्। बिहीबार बिहान साढे ११ बजेतिर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले  जनाएको छ।

भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुमोमा सवार १० यात्रुमध्ये ७ जना घाइते भएका छन्। घाइते हुनेमा सुमो चालक धनुषा जिल्लाको यज्ञभूमि नगरपालिका-८ का ५५ वर्षीय बुर्गा मगर, महोत्तरी बर्दिबासकी ५२ वर्षीया रासुदेवी महरा, बर्दिबासकी ४८ वर्षीया सुमिन्द्र देवी, महोत्तरीकी ३९ वर्षीया दुर्गा बराइली, सर्लाही लालबन्दीकी ३५ वर्षीया सबिना थपलिया, सबिनाका ८ वर्षीय छोरा सहन्या थपलिया र महोत्तरी–३ का ३४ वर्षीय सुमन बिक रहेका छन्। उनीहरूको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

बस चालकलाई भकुण्डे प्रहरी चौकीले नियन्त्रणमा लिइएको र यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८१ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App