जुम्लामा नहरमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।
पातारासी गाउँपालिका-४ लुम गाउँका ५ वर्षीय बालक डिकेन्द्र रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।
रेउले बिहान १२ बजे घर नजिकै रहेको डिल्लीचौर सहकारी विद्युत्को नहरमा नुहाउने क्रममा बगेर गम्भीर घाइते भएका थिए। डिकेन्द्रका हजुरबा प्रयाब रेउलेका अनुसार उनीलाई नहरले बगाएर ५० मिटर तल पुर्याएको थियो।
उनको उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारका लागि पठाइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।
घाइते बालकको प्रहरी चौकी डिल्ली चौरका प्रहरी सहायक निरीक्षक कबिराम जैसीको टोलीले उद्धार गरेकाे थियो।
प्रकाशित: २९ चैत्र २०८० २०:४४ बिहीबार