सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सम्मान व्यक्त गर्दै मानवअधिकार, समानता र सामाजिक न्यायप्रतिको प्रतिबद्धता जनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आइतबार अन्तर्राष्ट्रिय समलिंगी, पारलिंगी र द्विलिंगी द्वेषविरुद्धको दिवसको अवसरमा उक्त प्रतिवद्धता व्यक्त गरेको हो।
संविधानले प्रत्याभूत गरेको मौलिक हक तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानुन अनुरूप लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणका आधारमा हुने कुनै पनि प्रकारका भेदभाव, बहिष्करण, हिंसा वा घृणाजन्य व्यवहार अस्वीकार्य रहेको र यस्ता किसिमका व्यवहार कानुन बमोजिम दण्डनीय छन्।
मन्त्रालयले विज्ञप्ति मार्फत नागरिक तथा सरोकारवालालाई भेदभाव, घृणा र हिंसाविरुद्ध सचेत रहन आवहान गर्दै समावेशी तथा समतामूलक समाज निर्माणमा पुर्याउन हार्दिक आह्वान गरेको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १७:३१ आइतबार





