नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित तर हाल जिम्मेवारी बाहिर रहेका नेताहरूलाई समेटेर अगाडि बढ्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।
आइतबार आइतबार नेपाली कांग्रेसको प्रजातान्त्रिक विषयमा छलफलमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनपछि राजनीतिक वृत्तमा देखिएका सबै असमझदारीहरूलाई समाधान गर्न तयार रहेको बताएका हुन्।
उनले १४ औं महाधिवेशनका निर्वाचित नेताहरूको ठूलो पङ्ति वर्तमान समयमा मूल समितिभन्दा बाहिर रहेको भन्दै नेताहरूलाई पार्टीभित्र उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका हुन्।
सभापति थापाले पार्टीको १५ औं महाधिवेशनलाई पूर्ण रूपमा पारदर्शी र व्यवस्थित बनाउने भन्दै अबको महाधिवेशनको रूपरेखा तय गर्नका लागि असन्तुष्ट भएका नेता सहित इतर पक्षका नेताहरूलाई वार्ता र छलफलमा आउन आग्रह गरेका छन्।
विशेष महाधिवेशन र सर्वोच्च अदालतको फैसलापछि पार्टीको आधिकारिक नेतृत्व सम्हालिरहेका थापाले एकताको प्रस्तावलाई कांग्रेसभित्र देउवा पक्ष र इतर समूहबीच बढ्दै गएको क्रियाशील सदस्यता विवाद र आन्तरिक दूरी कम गर्ने प्रयास गरिरहेको छन्।
प्रकाशित: ३ जेष्ठ २०८३ १७:०४ आइतबार





