१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

गृहमन्त्रीले गरे गढीमाईको पूजा

बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा पूजापाठ गर्दै गृहमन्त्री लामिछाने।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार गढीमाई मन्दिरमा पूजापाठ गरेका छन्।

महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिर दर्शन गर्न पुगेका लामिछानेलाई मन्दिरका पुजारी मंगल चौधरीले पूजापाठ गराएका हुन्।

‘गृहमन्त्री ज्यूले वीरगन्ज जाने क्रममा गढीमाई मन्दिरमा पुगी माताको दर्शन तथा पूजा पाठ गर्नुभएको हो।’ बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भने।

पूजापाठपछि वीरगन्जमा आयोजीत कार्यक्रममा सहभागी हुन लामिछाने वीरगन्ज तर्फ प्रस्थान गरेका छन्।

बुधबार मधेस प्रदेश स्तरीय एक दिने सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी हुन गृहमन्त्री जनकपुर पुगेका थिए। समग्र मधेश प्रदेशको सुरक्षा अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल भएको उक्त कार्यक्रम सकेर उनी मधेसका अन्य जिल्लाहरूको दौडाहा लागेको बताइएको छ।

जनकपुरबाट वीरगन्ज आउँदै गर्दा उनी गढीमाई मन्दिरको दर्शन गर्न पुगेका थिए।

प्रकाशित: २९ चैत्र २०८० १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App