१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दम्पतीको वीभत्स हत्या, दोषीलाई अझै पक्राउ गरिएन

पर्वतको जलजला गाउँपालिका– २, मल्लाज दहमा दम्पतीको हत्या भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

बेनी नगरपालिका– ९, गलेश्वरदेखि पारिपट्टि दह गाउँको एकान्तमा रहेको घरमा गत चैत १९ गते राति सोमबार घरभित्र सुतिरहेको अवस्थामा ६९ वर्षका सूर्यबहादुर जिसी र श्रीमती ६७ वर्षीया गमला जिसीको हत्या भएको थियो। 

घटना भएको चार दिनपछि गत बिहीबार दिउँसो कालीगण्डकी किनारमा उनीहरूको अन्त्येष्टि गरिएको हो। घटनाको नौ दिन बितिसक्दा पनि अझै अपराधीको पहिचानमा सकस भइरहेको छ।  

जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयको ओइरो नै लागेको थियो। हत्या कसले, किन ग¥यो भन्ने प्रहरीले रहस्य भने खुल्न सकेको छैन। निर्ममतापूर्वक हत्या गरिएको दम्पतीका हत्याराको खोजीमा प्रहरीको विज्ञ टोली सहित घटनाको भोलिपल्ट नै अनुसन्धान तीव्र बनाएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालसहितको टोलीले अनुसन्धानका लागि एक सातादेखि घटनास्थल आसपास र म्याग्दी क्षेत्रमा बसेर घटनाको अनुसन्धान भइरहे पनि कुनै सुराक फेला पर्न सकेको छैन।

हत्यामा संलग्नताको आशंकामा प्रहरीले परिवारका सदस्यदेखि छिमेकी, आफन्त, सडक, जलविद्युतलगायत मजदुरी गर्न आउने गरी करिब चार सयभन्दा बढीसँग बयान लिएको छ। ‘अनुसन्धानको धेरैजसो पाटो केलाइरहेका छाैं अनुसन्धान जटिल छ तर पनि हत्यारा पत्ता लगाउन प्रयत्नशील छौं,’ भुसालले भने।

प्रहरीले अनुसन्धानमा सहज हुनेगरी आवश्यकता अनुसार आफन्तलाई समेत पटकपटक बोलाएर सोधपुछ गरिरहेको छ। हत्याकाण्डको विषयमा छानबिन गर्न गण्डकी प्रदेशबाट खटिएको प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पु¥याउन सकेको छैन।

अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको अनुसन्धानमा खटिएको प्रहरीको भनाइ छ। जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाका दोषी उम्कन नपाउने बताउँदै उनले प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन दिनरात काम गरिरहेको बताए।

मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेको एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका छन्। जलजला गाउँपालिका– २ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको बताउँदै घटनाले गाउँले नै त्रसित भएको बताए।  

हसिँया भेटियो, अपराधी भेटिएन

प्रहरीले घटनास्थलबाट जिसी दम्पतीको हत्यापछि घरको ढोकामा चाबी लगाएर अपराधि भागेको छ। हत्यामा प्रयोग गरिएको हसिँया र चाबी फेला पारेको थियो।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञटोली घटनास्थलमा पुगेर अनुसन्धानको क्रममा हत्यामा पत्ता लगाउन केनाइन शाखाबाट ट्रयाकर विषयमा विशेष तालिमप्राप्त कुकुरको सहारा लियो।

घटनामा संलग्नको गन्धको खोजी गर्दै कालिपुल पेट्रोलपम्पनजिकैको झोलुङ्गे पुलमा पुगेपछि रोकिएपछि थप अनुसन्धानका सघाउन सकेन। घटनास्थलमा एक साताको अवधिमा गण्डकी प्रदेशभित्र र प्रहरीको विज्ञसहितको टोली पुगे पनि अपराधीले प्रमाण नछोडेका कारण समस्या भइरहेको छ।

सबुत नछाडी हत्या गर्नु र भएको सवुतबाट पनि कुनै सुराक फेला नपरेका कारण हत्या व्यावसायिक अपराधीबाट गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: २९ चैत्र २०८० ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App