१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एकको मृत्यु

अर्घाखाँचीको शितगंगामा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

शितगंगा नगरपालिका-१४ जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षीय नियाज मुसलवानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

दुर्घटनामा एक जना घाइते छन्। जिप चालक रुपन्देहीका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका र उनको उपचार भइरहेको छ।

जलुकेपानीको साँघुरो बाटोमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै सवारी बाटो देखी मुनी खसेका थिए। जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको ठाडाका प्रहरी नायव निरीक्षक सालिकराम खनालले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २१ चैत्र २०८० १९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App