१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्वतमा वृद्ध दम्पत्तिको हत्या

पर्वतको जलजला गाउँपालिका–२, मल्लाजको दहमा सोमबार राति एक दम्पतीको हत्या भएको छ। ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीया श्रीमती गमला जिसी घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन्। हत्या कसले गरेको भन्ने खुलेको छैन।  

सोमबार राती घर नजिकै आगलागी भएपछि निभाएर घरमा पुगेका जिसी दम्पत्तीलाई मंगलबार विहान करिब ८ बजे आफन्तले घरभित्र मृत अवस्थामा भेटेका थिए। दम्पत्तीको हत्या गरी बाहिरबाट चाबी लगाएर भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। मंगलबार विहान घरमा भेट्न आएका आफन्त, म्याग्दीको सदरमुकाम बेनीस्थित अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने जेठो छोरा रबिन जिसी घरमा पुग्दा जिसी दम्पत्ती रगताम्मे अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन्। घ

टनामा संलग्नले बाहिरबाट प्रवेष गरी धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले बताए। ‘घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ, घटना रहस्यमय छ’ वडा अध्यक्ष घर्ती क्षतीले भने।  

सोमबार राती करिब ९ बजे घर नजिकै आगलागी भएको अवस्थामा सूर्यबहादुरले आगलागीका बारेमा फोन गरी जानकारी गराएको बताए। ‘घरनजिकै आगलागी भएको छ भन्दै फोन गर्नुभएको थियो,त्यसपछि  घटना भएको देखिन्छ,’ वडाअध्यक्ष घर्तीक्षत्रीले भने। मृतक सूर्यबहादुरको घर नजिकै अरु घर नभएकाले पनि घटनामा संलग्न भएकाहरु भाग्न सफल भएको उनले बताए। मृतक सूर्यबहादुरको शव खाट र गमलाको भूईमा थियो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसाल सहितको टोलीले अनुसन्धान सुरु गरेको छ।  

कस्ले र किन उनको हत्या गरे भन्ने बिषयमा अहिले अनुसन्धान भइरहेको प्रनाउ भुसालले बताए। ‘हामी अनुसन्धानमै छौ,फरेन्सिक टीम बोलाइएको छ, शवलाई घटना मुचुल्का गरी जिल्ला अस्पताल म्याग्दीमा लगिने छ,त्यहाँ चिकित्सहरुको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ,’ प्रनाउ भुसालले भने।  

प्रहरीले घटनास्थलमा अपराधिका कुनै तथ्यप्रमाणहरु समेत भेटाउन सक्ने भन्दै खोजीकार्य गरेको छ। घटनामा गण्डकी प्रदेशबाट अनुसन्धान टोली सहित तालिम प्राप्त कुकुरलाई समेत पठाइएको छ। ‘तालिम प्राप्त कुकुरको टोली घटनास्थल पुग्दैछ,’ घटनामा टेक्निकल अनुसन्धान हुन्छ,’ अनुसन्धानमा खटिएको टोलीले भन्यो। मृतक जिसी दम्पत्तीको तीन छोरामध्ये माइलो र कान्छा रोजगारीका लागि दक्षिण कोरिया छन भने जेठो छोरा म्याग्दी बेनीमा फेन्सी ब्यवसाय गर्छन्।  

प्रकाशित: २० चैत्र २०८० १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App