१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीले रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु

हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका छन्।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए।

बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति ८ बजे उनकाे मृत्यु भएको उपरीक्षक केसीले बताए।

खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उनको निधन भएको हो। उनलेसँगै ल्याएका दुई घोडाको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८० १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App