७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

शहीदनगर नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला तोडियो

धनुषाको शहीदनगर नगरपालिकाको शिक्षा शाखा कार्यालयमा लगाइएको ताला खुलाइएको छ।

नगर प्रमुख दिनेशप्रसाद यादव ,उपप्रमुख सुनिताकुमारी सिंह लगायत कार्यपालिकाको सदस्यहरूको उपस्थिति शिक्षा शाखा कार्यालयमा लगाइएको ताला तोडिएको हो।

शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउन भन्दै वडा नम्बर ६ का वडाध्यक्ष उमेश कुमार मण्डलले शुक्रबार शिक्षा शाखा कार्यालयमा ताला लगाइएका थिए।

आइतबार नगर कार्यपालिकाले नयाँ विद्यालय निरीक्षक ९बिनि० नआएसम्म हाल कार्यरत शिक्षा शाखा प्रमुख यादवलाई जिम्मेवारीमा कायम राख्ने निर्णय गरी ताला खुलाइएको नगर प्रमुख यादवले जानकारी दिए।

नगर प्रमुख यादवले शिक्षा प्रमुखलाई हटाउने र नहटाउने विषयमा कार्यपालिकामा छलफल गर्नुपर्ने तर वडाध्यक्ष मण्डलले कार्यपालिकामा छलफल नै नगरी शुक्रबार मनोमानी ढंगले ताला लगाइएको बताए। उनले भने,'आज हामीले १९ कार्यपालिका सदस्य मध्ये १८ जना कार्यपालिका सदस्यको निर्णय अनुसार ताला तोडेका छौँ।'

यसअघिदेखि हालको शिक्षा शाखा प्रमुखलाई हटाएर कार्यरत विद्यालयमा फिर्ता पठाउन आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: १८ चैत्र २०८० १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App