१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुन नदीमा हराइरहेकी बालिका रेखाको शव फेला

गत आइतबार होली खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १२ वर्षीया रेखा मगरको शव आज बिहान फेला परेको छ।

हराइरहेकामध्ये अघिल्लो दिन नौ वर्षीय रिदम मगरको शव फेला परेको थियो। एकजना अझै हराइरहेका छन्।

दुवैजना मृत फेला परेको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरले बताए। रिदमको शव नदी किनारमा तैरिरहेको अवस्थामा घटनास्थलदेखि एक किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा मंगलबार दिउँसो फेला परेको थियो।

रेखाको शव भने दुई किलोमिटर तल सिम्लेमा आज बिहान ७ बजेतिर नदी किनारमा फेला परेको वडाध्यक्ष मगरले बताए।  

हराइरहेका तीनैजना त्रियुगा नगरपालिका १४ साउने बजारका हुन्। आइतबार होलीको दिन बिहानैदेखि रङ खेलिरहेका उनीहरु घरदेखि ६ किलोमिटर तल पर्ने धाब्लाङ पुगेर नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

हराइरहेका १२ वर्षीय लोकबहादुर मगरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।  

भेटिएका दुवैको शव पोस्टमार्टमका लागि सदरमुकामस्थित उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०८० ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App