१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज अन्तगृह परिक्रमा गरेर १५ दिने माध्यमिकी परिक्रमा सकिँदै

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज अन्तगृह परिक्रमा गरेर सकिँदै छ। फाल्गुन २७ गते धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेर सकिँदै छ। यसलाई पञ्चकोशी परिक्रमा पनि भन्ने गरिन्छ।

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

१२ बिघा मैदान र जनकपुरधामको विभिन्न मठमन्दिरको प्राङ्गनमा रात्री विश्राम गरेर श्रद्धालुभक्तजनहरु आज गंगासागर पोखरी लगायतका पोखरीमा स्नान गरी बिहानैदेखि अन्तर गृह परिक्रमा गरिँदैछ।

नेपाल–भारतको १३३ किलो मिटर पैदल यात्रा पूरा गरेर यात्रीहरू १४ औँ दिनमा जनकपुरधाम आईपुगेका हुन्।

विश्वकै सबैभन्दा लामो लामो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।

१५ दिने परिक्रमा धनुषा–महोत्तरीको ९ र भारत बिहारको ४ गरी कुल १३ पडाव (बासस्थानमा) रात्री विश्राम गरिन्छ  परिक्रमा नेपाल भारतको लाखौं श्रद्धालु भक्तजनहरु सहभागी भएको थियो। बजाँगजासहित साधुसन्त लगायत परिक्रमा सहभागी यात्रीहरु खाली खुट्टा हिड्नुपर्ने चलन छ।

जनकपुरमा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली मनाउने चलन छ।

प्रकाशित: १२ चैत्र २०८० ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App