१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

फाइल तस्बिर

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ। राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना,गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेको हो। 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम मनोनयन गरिएको थियो ।

दाहाले भने, ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम देहायबमोजिम रहेको छ। आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह। कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु।’राष्ट्रिय सभाको बैठक जारी छ। - न्युज एजेन्सी 

प्रकाशित: ७ चैत्र २०८० १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App