७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लोकतन्त्र जोखिममा छ: पूर्वगृहमन्त्री लेखक

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताए ।  

उनले भने, ‘अहिले देश अपठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ ।’ यस्तो बेलामा सबै साथीहरु मिलेर कांग्रेसलाई जिताउनुपर्ने लेखकले बताए ।  

उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताए । देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो ।  

स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका हुन् । नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित: १२ माघ २०८२ २०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App