७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

मिटरब्याज पीडित नेता कुशवाहसहित १३ जना पक्राउ

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बालुवाटार मार्चमा निस्किएका बेला कुशवाहसहितका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो।

आफूहरूले मंगलबार साँझ नै ‘बालुवाटार मार्च’ गर्ने भन्ने विज्ञप्ति सार्वजनिक गरेको तर प्रहरीले बिहानैदेखि बाहिर निस्किन नदिएको समितिका प्रवक्ता निर्ग नविनले बताए।

उनले भने, ‘प्रहरीले बाहिर निस्कन नदिएपछि उहाँहरू अर्को बाटोबाट आफ्नो कार्यक्रम पूरा गर्न बालुवाटार निस्किनुभएको थियो। प्रहरीले बाटोबाटै पक्राउ गरेको छ।’ उनले कुशवाहसहित १४ जनालाई पक्राउ गरिएको जनाएका छन्।

तर प्रहरीले भने १३ जना मात्रै पक्राउ परेको जनाएको छ। ‘४ जना महिला ९ पुरुषसहित १३ जना पक्राउ पर्नुभएको छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० नवराज अधिकारीले भने,‘निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने अवस्थामा रहेका बेला बालुवाटारका विभिन्न क्षेत्रबाट प्रहरी नियन्त्रणमा पर्नुभएको छ।’

पक्राउ परेका कुशवाह पीडित पक्षबाट वार्ता टोलीका संयोजक पनि छन्। गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव नारायणप्रसाद भट्टराईको नेतृत्वमा रहेको वार्ता टोलीसँग पटक–पटक वार्ता हुँदा पनि निष्कर्ष निस्कन नसकेको पीडितहरूले बताएका छन्। 

मिटरब्याजपीडित माघ २३ गतेबाट काठमाडौँमा आन्दोलनरत छन् ।

प्रकाशित: २३ फाल्गुन २०८० १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App