१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘कर्पोरेट बिजनेस अवार्ड’ बाट उद्योगी, व्यवसायी सम्मानित

कर्पोरेट मिडिया ग्रुपको १६ औँ वार्षिकोत्सवको अवसरमा ‘बेष्ट वुमन आन्टरप्रेनर अफ दि इयर अवार्ड ग्रहण गरेपछि सहभागीहरूका साथमा महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली। तस्बिर: नागरिक

कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ।

कर्पोरेट मिडियाले यो वर्षको ‘कर्पोरेट लाइफ टाइम अचिभमेन्ट अवार्ड’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रदान गरेको छ।

यस्तै नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीलाई ‘बेष्ट वुमन आन्टरप्रेनर अफ दि इयर’ र नेपालकै पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङलाई ‘बेष्ट ब्रोडकास्टिङ मिडिया’ अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवाल, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रबलजंग पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीलाई ‘कर्पोरेट बिजनेस लिडरसिप अवार्ड’ प्रदान गरिएको छ।

यस्तै, यो वर्षको ‘कर्पोरेट बिजनेस एक्सिलेन्स अवार्ड’ अन्तर्गत पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठलाई ‘बेष्ट इन्डष्ट्री अफ द इयर’, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीलाई ‘सिइओ अफ दि इयर’, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहलाई ‘बेष्ट लाइफ इन्स्योरेन्स अफ दि इयर प्रदान गरिएको छ।

कर्पोरेट मिडिया ग्रुपको १६ औँ वार्षिकोत्सवको अवसरमा ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्तिहरूलाई अवार्ड प्रदान गरेको हो।

प्रकाशित: २१ फाल्गुन २०८० ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App