१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

धरहरा तीन महिनाभित्रै सञ्चालनमा आउने

बहुप्रतिक्षित धरहराको सम्पूर्ण निर्माणको काम सकाएर तीन महिनाभित्रै  सञ्चालनमा ल्याइने भएको छ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का आयोजना निर्देशक कोषनाथ अधिकारीले तीन महिनाभित्रै धरहरा निर्माणको काम सकिने दाबी गरेका छन्।

‘अहिले धरहराको संरचना निर्माणको काम लगभग सम्पन्न हुने तरखरमा रहेको छ,’ उनले भने ‘अबको दिन महिनाभित्रै धरहरा निर्माणको काम सम्पन्न हुनेछ।’ निर्देशक अधिकारीले धरहराको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेकी सकेको बताए।

‘अहिले धरहराको वेसमेन्टको रंगरोगनको काम भइरहेको छ,’ उनले भने‘धरहराको ब्याकअप सिस्टम र मेकानिकल र इलेक्ट्रिकल काम बाँकी भएकाले पनि केही समय लाग्ने देखिएको हो।’

हालसम्मको धरहरा निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भएको छ। निर्देशक अधिकारीले धरहरा सञ्चालन कुन मोडलमा गर्ने विषय अहिलेसम्म टुंगो लागिनसकेको बताए ।‘विगतमा धरहरा काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आइरहेको थियो,’ उनले भने‘ आगामी दिनमा पनि महानगरबाटै हुने वा अन्य संयन्त्रको विषयमा भने टुंगो लागिसकेको छैन।’

धरहरा निर्माणको लागि तीन अर्ब ४९ करोड भ्याटसहित रहेको थियो । सो रकमको हालसम्म ८७ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजनाका अधिकारीले धरहराभित्र हुने कार्बनडाइअक्साइट र मनोअक्टासाइटहरु बाहिर फ्याँक्ने लगायतका मेकानिकल,भेहिकल सर्भिस सिस्टम लगायतका काम गर्न बाँकी रहेको बताए।

धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो। सो ठेक्का सम्झौता अनुसार दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न हुनुपर्ने थियो। अहिलेसम्म  झण्डै आधा दर्जन पटक म्याद थप भइसकेको छ। धरहरा निर्माणको जिम्मेवारी जिआइइटिसी–रमन जेभीले पाएको थियो।

अहिले निर्माणाधीन धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्री भागमा धरहरा २२ तलाको बन्दैछ। २०७२ सालको भूकम्पले धरहरा भत्किएसँगै सरकारले आधुनिक निर्माण सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App