१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धभुमी नगरपालिका-४ झडुलामाइ मन्दिर नजिकै एक पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक युवककाे मृत्यु भएको छ।

बुधबार साँझ साढे ६ बजेतिर पश्चिमबाट पूर्व तर्फ जाँदै लु ३ च ३३८३ नम्बरको पिकअप भ्यानले लु १३ प १८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए।

ठक्करबाट मोटरसाइकल चालक ५० वर्षिय सितल कहार गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि गोरुसिङ्गे स्थित स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि कपिलवस्तु अस्पताल रिफर गरियो। त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे।

कपिलवस्तु नगरपालिकाको तौलिहवा स्थायी घर भएका कहार साथीसँग मोटरसाइकल मागेर तरकारी किन्न बुढ्ढी चौराहा देखि ईमिलिया तर्फ जाँदै गर्दा दुर्घटना भएको हो। 

पिकअपले मोटरसाइकललाई सडक बिचबाट १० मिटर घिसारेको थियो। मृतकको शवलाई कपिलवस्तु अस्पतालमा राखिएको छ। मृतक कहारले बुढ्ढी चौराहामा चिया पसल संचालन गर्दै आएका थिए।

प्रकाशित: १६ फाल्गुन २०८० २०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App