१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जिरी–सगरमाथा राजमार्ग राष्ट्रिय गौरवमा राख्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सगरमाथा पदमार्गलाई पछ्याउँदै जिरीदेखि सगरमाथा जोड्ने मोटरबाटोलाई राष्ट्रिय गौरवको आयोजनाभित्र पार्न सरोकारवाला पक्षले माग गरेका छन्।

सडक सञ्जाललाई सहजीकरण गर्न जिरी–सगरमाथा पर्यटन राजमार्गको नामकरणसहित राष्ट्रिय गौरवको आयोजनाभित्र पार्न माग गरिएको हो।

सरोकारवालाहरूले प्रस्तावित सडकको लम्बाइ १५१ किलोमिटर रहेको छ। सडकले सेवा पुग्ने जिल्लाहरूदोलखा, रामेछाप, सोलुखुम्बुका अभियान्तहरुले यसलाई राष्ट्रिय गौरवको आयोजनाभित्र पारेर बजेटको समेत माग गरेका हुन्। 

जिरी–सगरमाथा पर्यटन राजमार्ग निर्माण अभियानका संयोजक एवं नेकपा माओवादीका केन्द्रीय सदस्य शिवबहादुर (राजेन्द्र) बस्नेतले बताए। उनका अनुसार सडकले सेवा पुग्ने स्थानीय क्षेत्र दोलखाको जिरी नगरपालिका वडा नं। ५,४,३,२ र  रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १, २ र ३, उमाकुण्ड गाउँपालिका वडा नं. १ र २, सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. ५, सोलुदुधकुण्ड नगरपालिका नगरपालिका वडा नं. ५, ३, २ र १, माप्यदूधकोशी गाउँपालिका वडा नं.१,खुम्बु पासाङल्हमू वडा नं. १का  जनता प्रत्यक्ष लाभान्वित हुनेछन्।

अभियानका संयोजक बस्नेतले दिएको जानकारी अनुसार ६ लाख स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। बस्नेतका अनुसार यो राजमार्गलाई बजेट छुट्याउन माग गर्दै सोमबार प्रधानमन्त्री कार्यालयमा अवधारणा पत्र सहित आग्रह गरिएको छ। ‘हामीले एउटा अवधारण पनि बनाएका छौ, राजधानी र जिरीलाई सहज जोड्ने सडक भएकाले यसलाई द्रुत गतिमा बनाउनु पर्छ त्यसका लागि सरकारले ध्यान पर्ने हाम्रो धारणा हो’, बस्नेतले भने। उनका अनुसार तीन जिल्लाका सरोकारवाला व्यक्तिको भेलाले यो राजमार्गलाई अघि बढाउन सरकारसँग माग गर्ने निर्णय भएकाले प्रधानमन्त्री कार्यालयमा अवधारणा पत्र सहित बजेट माग गरिएको हो।

विश्वको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बु जिल्लामा नै पर्ने भएकाले पनि यस किसिमको सडकलाई राष्ट्रिय गौरवको आयोजनामा पार्नुपर्ने जिकिर गरिएको छ।

गर्जाङ, देउराली, बाम्तीभण्डार, किन्जाबजार, लामाजुरा डाँडा, पिके डाँडा, जुनबेश, तामाखानी, फाप्लु, नुनथला, टाक्सिन्दु, खरिखोला, लुक्ला पर्यटकका आकर्षण र सगरमाथा ट्रेकिङ रूटमा पर्ने चर्चित पर्यटकीय स्थल भएपनि अहिलेसम्म त्यहाँ राष्ट्रिय सडक सञ्जालले छुन सकेको छैन। ग्रामीण सडक मात्रै भएकाले स्थानीय र पर्यटकहरूले सास्ती भोग्दै आएका छन्।

जिरी–सगरमाथा पर्यटन राजमार्ग निर्माण अभियानका संयोजक बस्नेतले दिएको जानकारी अनुसार करिब १० लाख पर्यटकहरूले  वार्षिक भ्रमण गर्नेछन्। करिब एक लाख मानिसहरूले रोजगारी प्राप्त गर्नेछन्।

अभियानकर्ताहरूले बनाएको अवधारणा अनुसार सडक ट्रयाक् दोलखा जिल्लाको जिरी –माली– स्यामा – गर्जाङ सम्म, रामेछाप जिल्लाको  शिवालय वा श्यामा–गर्जाङ–गर्जाङ,बाम्तीभण्डार –किन्जा सम्म राखिएको छ। सोलुखुम्बु जिल्लाको किन्जा – भकान्जे जोडिएको छ। नयाँ ट्रयाक प्रस्ताव गर्नुपर्ने स्थान भकाञ्जे– कालीदह दोभान सुरूङ मार्ग,कालीदह दोभान बाट सुरूङ् मार्ग  तामाखानी पिकेखोप, ट्रयाक खोलिएको स्थानमा तामाखानी–फाप्लु–नुनथला–जुविङ–खरिखोला ट्रयाक प्रस्ताव गर्नुपर्ने स्थानमा खरिखोला–सुर्के–लुक्ला रहेको छ। यसका तीन स्थानमा सुरुङ मार्गसमेत प्रस्ताव गरिएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App