१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखराको महेुन्द्रपुलमा झन्डापार्क तयार

पोखराको महेन्द्रपुलमा बनेको अन्तर्राष्ट्रिय झण्डापार्क। तस्बिर: सन्देश/नागरिक

पोखराबाट देखिने हिमश्रृंखला, नदीनाला, तालतलैयादेखि प्राकृतिक छटाका कारण पोखरा विश्वमै सुन्दर नगरीको रुपमा परिचित छ। पर्यटकीय नगरीमा पर्यटकीय गन्तव्यहरु धेरै नै छन्।

फेवाताल, बेगनास ताल, रुपातालसहित यहाँका नौ वटै ताल, महेन्द्र, चमेरे देखि गुप्तेश्वर गुफासम्म, सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थान सराङकोटदेखि शान्ति स्तूप अनि महादेव मूर्ति भएको पुम्दीकोट लगायतले पर्यटकलाई लोभ्याउने गरेका छन्।

पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा प गन्तव्य थपिएको छ। पोखरामा ‘अन्तर्राष्ट्रिय झण्डा पार्क’ पनि थपिएको हो। पोखरा महानगरपालिका–९ महेन्द्रपुल चोकमा निर्माण भएको ‘अन्तर्राष्ट्रिय झण्डा पार्क’ले पर्यटन क्षेत्रमा थप सुन्दरता थप्ने विश्वास पर्यटन क्षेत्रको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एमले ७० लाख रुपैयाँ खर्चेर बनाएको सो झण्डापार्क सोमबारदेखि खुल्ला गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा सोमबार झण्डापार्कको उद्घाटन गरे।

उद्घाटन समारोहको अवसर पारेर लायन्स क्लब अन्तर्राष्ट्रियले पोखरा महानगरपालिकालाई झण्डापार्क हस्तान्तरण गरेको छ। कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई झण्डापार्कको साँचो हस्तान्तरण गरे।

उद्घाटन कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय झण्डापार्क पोखराको प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे। ‘पोखरा आफैमा सुन्दर छ,’ उनले भने, ‘झण्डापार्क निर्माणले पोखरामा अर्को एउटा सुन्दरता थपेको छ। र यो प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने विश्वास लिएको छु।’

मेयर आचार्यका अनुसार झण्डा पार्कसँगै व्यवस्थित पार्क, शौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिस्प्ले लगायतका संरचना पनि रहेकाले यसले पर्यटकलाई थप आकर्षित र समय व्यतीत गर्न सहज हुनेछ। 

झण्डापार्कले विश्वका विभिन्न देशबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने मेयर आचार्यको विश्वास छ। उनले भने, ‘जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुन्छ। अनि आफ्नो देशको झण्डाको छुट्टै माया हुन्छ र त्यो देख्दा खुसी लाग्छ। यहाँको झण्डा देखेर पर्यटकले अपनत्व महसुस गर्दै आफ्नो राष्ट्रको स्मरण गर्नेछ।’

अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले पोखराको सुन्दरतामा नयाँ आयाम थपेको बताए। उनले झण्डापार्क हस्तान्तरणले संयुक्त राष्ट्रसंघको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको उल्लेख गरे।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले झण्डा पार्क विश्वकै नयाँ प्रयोग भएको बताए।  विश्वका सबै राष्ट्रको सार्वभौमलाई झण्डाले सम्मान गरेको उनको भनाई थियो।

प्रकाशित: ७ फाल्गुन २०८० १५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App