२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल- भारत सीमानामा कडाई गर्नुपर्छ: सांसद पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाइ गर्नुपर्ने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताउँदै जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गरे।

उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सिमाना भएको जिकिर गरे।

‘नेपाल जो आएर बसे पनि हुने देश भयो। पनौतीमा जानुस्। दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन्। रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ। पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले। न्युरोड क्षेत्रमा जानुस्, तोस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन्। नेपालमा जो आएर जे गरेपनि हुने हो ? हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ। त्यसमा टाइट गर्नैपर्छ।’ उनले भने।

प्रकाशित: २८ माघ २०८० १६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App