१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

प्रवासी नेपालीप्रति पूर्वाग्राही किन?

प्रवासी नेपाली मञ्चले परराष्ट्र मन्त्रालय प्रवासी नेपालीप्रति पूर्वाग्राही भएको निचोड निकालेको छ।

प्रवासी नेपाली मञ्चको शनिबार मलेसियामा सम्पन्न पन्ध्रौं बैठकले प्रचलित नीति, नियम, विधि, विधान र प्रक्रिया चयन भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को कार्य समितिप्रति परराष्ट्र मन्त्रालयले देखाएको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै विनापूर्वाग्रह संघ नविकरण गर्न माग गरेको हो। सञ्जय थापाको अध्यक्षतामा बसेको बैठकमा दुई दर्जन देशका प्रतिनिधिको उपस्थिति थियो।

एमाले नेता डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा राजधानी कोललम्पुरमा भएको बैठकले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालगायत विभिन्न देशमा कार्यरत श्रमिक नेपालीको आकस्मिक रुपमा आइपर्ने समस्या सम्बोधन गर्ने उद्देश्यले एक करोड नेपाली रुपैयाँको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ खडा गर्ने निर्णय गरेको छ।

बैठकले युद्धग्रस्त युक्रेन र रूसी सेनामा भर्ना भई जोखिमपूर्ण जीवन बिताइरहेका नेपाली युवाको रक्षाका लागि तत्काल आवश्यक व्यवस्था र उद्धार गर्न नेपाल सरकारसँग माग गरेको छ।

यस्तै बैठकले प्रवासी नेपाली मञ्चले मध्यपूर्वमा इजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धका कारण मृत्युवरणमा परेका पीडित परिवारलाई आर्थिक राहतस्वरूप जनही एक लाख ४० हजार र चारजना घाइतेलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैयाँका दरले राहत प्रदान गरेको गरेको छ।

मञ्चले युक्रेन–रूस युद्धमा परी बेपत्ता रहेका विपिन जोशीको अविलम्ब खोजी गरी उद्धार गर्न पनि नेपाल सरकारसमक्ष आग्रह गरेको छ।

प्रकाशित: २८ माघ २०८० ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App