१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

हराइरहेका व्यक्ति मृत फेला

बुधबारबाट हराइरहेका पाँचथर याङ्वरक गाउँपालिका २ थर्पु घर भई ताप्लेजुङको सिरिजंगा गाउँपालिका २ बस्ने हरि खड्का मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कलमकुमार लुंगेलीका अनुसार खड्का स्थानीय महभीरबाट करिब पाँच सय मिटर तल निबुखोलामा मृत भेटिएका हुन्। ससुराली बस्दै आएका उनी बुधबार मध्यान्हतिर सिनाम मावली घर जान्छु भनी हिँडेको तर फर्किनआएपछि उनको खोजतलास गरिएको थियो।

बिहीबार बिहान स्थानीयले निबुखोलाछेउमा एक मृत शरीर देखेर प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा सो शव बुधबारबाट हराइरहेका खड्काको रहेको पुष्टि भएको लुंगेलीले बताए ।

सो घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरिराखेको र थप अनुसन्धान तथा घटना सर्जमिन मुचुल्काका लागि प्रहरी निरीक्षकको कमान्डमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बुले जानकारी दिए।

प्रकाशित: २५ माघ २०८० ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App