१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले पनि निकाल्यो बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

वडा अध्यक्ष शिव कुमार कार्कीले एक सूचना निकाल्दै फागुन भित्र आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गर्न आग्रह गरेका छन्।

'त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरि बादर लगायत जंगली जीवजनावरको बासस्थान नष्ठ गर्नु पर्ने भएकोले यहि फागुन महिना भित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु’ सूचनामा उल्लेख छ।

प्रकाशित: २४ माघ २०८० १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App