२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले मागे डिभोर्स

श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले सम्बन्धविच्छेदका लागि आवेदन दिएका छन्। यो घटना भारत उत्तर प्रदेश राज्यको हो।

उत्तर प्रदेशको आगरामा एकजना श्रीमान्ले श्रीमती राजनीतिमा सक्रिय भएको र घरमा समय दिन नसकेको भन्दै डिभोर्सका लागि अदालतमा निवेदन दिएका हुन्।

राजनीतिमा सक्रिय भएपछि श्रीमतीले घरमा समय दिन नसकेको र घर नै बर्बाद हुने अवस्थामा पुगेको आरोप श्रीमान्ले लगाएका छन्।

८ वर्ष अघि विवाह बन्धनमा बाँधिएका दुबैजनाको ६ वर्षीय एकजना छोरा छन्। सुरुको २/३ वर्ष सम्बन्ध राम्रै भएपनि पछिल्लो समय विवाद उत्पन्न हुँदै आएको छ। 

श्रीमान्ले श्रीमतीलाई राजनीतिमा नलाग्न भन्दै आएका थिए। तर, श्रीमान्को कुरा नमानेर श्रीमतीले बजारका विभिन्न स्थानमा आफ्नो होर्डिङ्ग लगाउन थालिन् र राजनीतिमा निकै सक्रिय हुन थालिन्। श्रीमतीको राजनीतिक गतिविधिबाट असन्तुष्ट बनेका श्रीमान्ले राजनीति छोड्न भन्दै आएका थिए। श्रीमान्ले राजनीतिमा नलाग्न भनेपछि र विवाद हुन थालेपछि अहिले ती महिला माइत घरमा बसिरहेकी छिन्। 

प्रकाशित: २३ माघ २०८० १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App