१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

परराष्ट्र प्रतिष्ठानको कार्यकारी निर्देशकमा परेन पर्याप्त आवेदन

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि पर्याप्त सङ्ख्यामा आवेदन नपरेपछि सात दिन थपेर पुनः दरखास्त आव्हान गरेको छ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अघिल्लो सूचनाबाट जम्मा ५ जना उम्मेदवारले आवेदन दिएको र तीमध्ये एक जनाको आवेदन मात्र न्यूनतम योग्यता पुरा भएको पाइएकाले पुनः सूचना निकालेको जनाएको छ।

निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समिति बैठकको निर्णय र छनोट तथा सिफारिस कार्यविधि अनुसार दोस्रो पटक सूचना जारी गरेको सूचनामा जनाइएको छ।

कार्यविधिमा कम्तीमा ३ जना सिफारिस गर्नुपर्ने भन्ने व्यवस्था भएको र उल्लिखित व्यवस्था बमोजिम सिफारिस गर्न दरखास्त अपर्याप्त भएको हुँदा योग्यता पुरा भएको एक वटा आवेदनलाई यथावत् राखी ७ दिनको म्याद दिई पुनः दरखास्त आव्हान गरिएको छ।

समितिले फेरी पहिलेकै मापदण्डअनुसार कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ।

प्रकाशित: २१ माघ २०८० १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App