२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पशुपतिको हडपिएका जग्गाबाट संरचना हटाइँदै, जग्गा खोज्न समिति बन्ने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन्। कोषको जग्गामा हैकम जमाएर बनाइएका संरचनाहरू तत्काल हटाउन निर्देशन दिएका हुन्।

पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर तथा अन्य संरचना खाली गराउन पनि आग्रह गरे। मन्त्री किराँतीले हराएका र हडपिएका जग्गा खोजीका लागि पूर्व सचिव स्तरीय उच्च समिति गठन गरिने बताए।

पशुपति क्षेत्र विकास कोषको काठमाडौँ महानगरपालिका वडा नं ८ गाँचा पोखरी स्थित साबिक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३,३३५,११०,४१९,३११,२८६,११२,११७,२८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा व्यक्तिले हडपेका छन्। त्यहाँ घरहरू निर्माण गरिएको छ।

त्यस्तै वडा नं ३ भगवान स्थानमा साबिक कित्ता नं ५१बाट हालको कित्ता नं १४३,१४४,६५,२८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोग चलन गर्दै आएको पाइएको छ। सिफल स्थित लामा पोखरी रहेको कित्ता नं १३५,१८०,८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोग चलन गर्दै आएका छन्।

गोठाटार स्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गा मध्ये हराएको २९ रोपनी जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने समेत निर्णय गरेको छ।

बोर्डले ती जग्गामा रहेका संरचना कानुनी प्रक्रिया पुरा हटाउने र त्यसको प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने निर्णय गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहाले प्राविधिक मूल्याङ्कन आए लगतै जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन्।

त्यस्तै, पशुपति आर्यघाटको आरतीको विषयमा सत्य तथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति गठन गरिएको छ। 

प्रकाशित: १६ माघ २०८० ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App