२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको आज हृदयाघातबाट निधन भएको छ। करिब ५५ वर्षे न्यायाधीश मरासिनीलाई आज बिहान १० बजेतिर हृदयाघातबाट निधन भएको बताइएको छ।

घरमै हृदयाघात भएपछि उनलाई कलंकीको नेसनल हस्पिटल लगिएको थियो। उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

न्यायाधीश मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा बढुवा भएर उच्च अदालत आएका हुन्। उच्च अदालतले  उनको आज एकल इजलास र संयुक्त इजलास तोकिएको थियो। उनको निधनपछि अदालतले आजका सबै पेशी स्थगित गरेको छ।

प्रकाशित: १६ माघ २०८० ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App