१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार आरोपमा एक जना पक्राउ

मानसिक सन्तुलन कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ।

लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको बताए।

ललाइफकाइ गरी बिहीबार साँझमा केराबारी गाउँपालिकामा लगेर विश्वकर्माले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘घटनाका बारेमा पीडित युवतीकी आमाले प्रहरीलाई खबर गरेकी र तत्कालै विश्वकर्मालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

विश्वकर्माविरुद्ध पीडितकी आमाले किटानी जाहेरी दिएकी छन्। विश्वकर्माविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालेको र पीडितको स्वास्थ्य परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ माघ २०८० १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App