१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

न्युरोड व्यवसायी आज पनि आन्दोलनमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।

महानगरले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ। महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि व्यवसायीहरुले आन्दोलन गरेका हुन्।

व्यापारीहरुले सरोकारवालाहरुसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने बताएका छन्।

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ। 

 

प्रकाशित: १० माघ २०८० ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App