७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

भालुकाे आक्रमणबाट दुई किशोरी घाइते

अछामको रामारोशन गाउँपालिका ५ का दुई किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्। स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जंगली भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नुका साथै टाउकामा गहिरो चोट देखिएको छ।

घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताए। उनका अनुसार घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ। –रासस

प्रकाशित: १० माघ २०८० ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App