१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

अछाम छाउगोठ घटना: सामूहिक बलात्कारको आशंका, १४ घण्टापछि होसमा

अछामका ग्रामीण भेगमा रहेका छाउपडी गोठ भत्काउँदै प्रहरी। फाइल तस्बिरः नागरिक

अछाममा छाउगोठमा बलात्कृत भएकी बालिका घटनाको १४ घण्टापछि मात्र होसमा आएको खुलेको छ। १६ वर्षकी ती बालिका मंगलबार बिहान २ बजेतिर बलात्कृत भएको खुलेको प्रहरी बताउँछ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष पाठकका अनुसार बालिकाको उद्धार गरेर जिल्ला अस्पताल मंगलसेन पु¥याएपछि दिउँसो ४ बजेमात्रै होस खुलेको थियो।

होस खुलेपछि बालिकाले आफू बलत्कारमा परेको बताएकी थिइन्। बालिकाको बयानका आधारमा १७ वर्षीय एक किशोर पक्राउ परेका छन्। पक्राउ परेका किशोर ती बालिकाका मामा नाता पर्ने व्यक्ति रहेको खुलेको छ।

डिएसपी पाठकका अनुसार बालिकामाथि सामूहिक बलात्कार भएको आशंका पनि छ। प्रहरीले त्यस विषयमा अनुसन्धान गरिरहेको छ। अभियुक्तले बलात्कार गर्ने बेला बाहिर अरु पनि बोलेको आवाज सुनेको बताएकी छन्।

‘अभियुक्तले मुख थुनेर जबरजस्ती ग¥यो, त्यो बेला बाहिर अरु मान्छे पनि बोलेको आवाज सुनेको पीडितले भनेकी छन्। त्यसपछि आफू बेहोस भइसकेकाले के–के भयो थाहा नपाएको भनेकी छन्,’ डिएसपी पाठकले भने, ‘यसैले सामूहिक घटना पनि भएको हुनसक्ने देखिन्छ। यो विषयमा पनि अनुसन्धान थालेका छौँ।’

राति २ बजे छाउगोठमा एक्लै सुतेका बेला बालिका बलात्कृत भएकी हुन्।  पीडित बालिका र ती अभियुक्त किशोर एउटै कक्षा ९ मा पढ्ने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०८१ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App