१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

एक्सिसको गीत गुञ्जिंदै

विश्व संगीत दिवसको अवसर पारेर सांगीतिक व्याण्ड एक्सिस दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिदै छ। व्याण्डले ९० मिनेटको प्रस्तुतिमा ‘अधुरो प्रेम’, ‘हे मोरी’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘एकचोटि’ र ‘सात समुन्द्र पारी’ लगायतका गीत सुनाउँदै छ।

व्याण्डमा सन्दिप विश्वकर्मा (संस्थापक/भोकलिस्ट), अमूल्य श्रेष्ठ (ड्रम), सजिन मर्जन (बास), रोशन लामा (गीतारिष्ट) र निखिल सिकर्मी (गितार) छन्।

व्याण्डले गएकाे बुधबार मात्र नेपाल टुर भिडियो समेटिएको गीत ‘घर गाउँ’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो। भिडियोको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) हो।

गीतको भिडियोमा व्याण्डले पोखरा, नारायणघाट, बुटवल, झापा, काठमाडौं, भक्तपुर, ललितपुर आदि ठाउँमा गरेको कार्यक्रमको दृश्य समेटिएको छ।

पीभीई नेटवर्कले व्यवस्थापन गरेको व्याण्ड हालै काठमाडौंमा सम्पन्न ‘रेडियो कान्तिपुर नेसनल म्यूजिक अवार्ड-२०८०’मा ‘बेस्ट बेण्ड’ विधाको मनोनयनमा परेको थियो।

पीभीई नेटवर्कका विकेश कायस्थले एक्सिसले सन् २००४ मा आफ्नो डेब्यू एलबम ‘ब्ल्याक एण्ड ह्वाइट’को गीत ‘अधुरो प्रेम’ सार्वजनिक गरेको २० वर्ष पुग्नु साथै विश्व संगीत दिवसको छेकोमा व्याण्डको कन्सर्ट हुनु संयोग मिलेको बताए।

प्रकाशित: ७ असार २०८१ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App