१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

फरार १० जना अभियुक्त पक्राउ

उदयपुर प्रहरीले विभिन्न आरोपमा दोषी ठहरिएका एउटै नगरपालिकाका १० जना फरार प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले फरार रहँदै आएका १० जना प्रतिवादीलाई बिहीबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सरकारी कागजातको छाप दस्तखत किर्ते अभियोगमा ११ महिना १० दिन कैद र ५० रुपैयाँ जरिबाना तोकिएका चौदण्डीगढी नगरपालिका ८ का न्तोष राई, जालसाजी मुद्दामा ३२ हजार ५ सय जरिबाना तोकिएका चौदण्डीगढी ५ का भीषण चौधरी र झुटो विवरण पेस गरी नागरिकता लिएको अभियोगमा पाँच हजार जरिबाना तोकिएका चौदण्डीगढी ५ का तिलक राई रहेका छन्।

त्यसैगरी जुवा मुद्दामा दुई सय जरिबाना तोकिएका चौदण्डीगढी नगरपालिकाकै ७ नं. वडा बस्ने मानसिंह राई, गाली बेइज्जती मुद्दामा ३३ हजार तीन सय ३३ रुपैयाँ जरिबाना फैसला सुनाइएका चौदण्डीगढी ९ का नारायण चौधरी, सम्बन्ध विच्छेद मुद्दामा एक हजार दुई सय ५० पैसा जरिबाना तोकिएका चौदण्डीगढी ४ बस्ने शिला तामाङ पनि पक्राउ परेका छन्।

त्यस्तै कुटपिट र लुटपाट मुद्दामा आठ हजार सात सय ५० पैसा जरिबाना तोकिएका चौदण्डीगढी ६ का सबहादुर राई, ८० सम्बन्ध विच्छेद मुद्दामा दुई सय ५० रुपैयाँ जरिबाना तोकिएका चौदण्डीगढी २ बस्ने मनहरी मगर रहेका छन्।

प्रहरीले चौदण्डीगढी ९ बस्ने भक्तबहादुर थापा र ६ नं वडा बस्ने संगीता राईलाई पनि नियन्त्रणमा लिएको छ। फरार सूचीमा रहेका थापामाथि सम्बन्ध विच्छेद मुद्दामा एक सय २५ रुपैयाँ जरिवाना अदालतले तोकेको छ भने २५ रुपैयाँ जरिवाना तोकेको राईलाई गालीबेइज्जती मुद्दामा दोषी करार गरिएको छ।

उनीहरूलाई बिहीबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपयुर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन्।

प्रकाशित: ५ माघ २०८० ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App