कपडा व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन्। उनलाई हुन्डी र सुन कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद पनि बरामद गरेको छ।
अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले आशंका गरेको छ। अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको छ।
सशस्त्र प्रहरीको टोलीसहित विभागको टोली उनको घरमा पुगेको थियो। विभागले आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ५ माघ २०८० ०२:१८ शुक्रबार





