५ वैशाख २०८१ बुधबार
समाज

जब भगवानलाई जिस्क्याइयो...

आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि भक्तपुर नगरमा औपचारिक रूपमा सुरु भएको छ। भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो।

काठमाडौँ उपत्यका लगायतका उपत्यका बाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ। नाच प्रत्येक वर्ष माघ २ गते भक्तपुरको यही स्थानबाट प्रदर्शन सुरु हुने परम्परा चली आएको छ। नाच प्रत्येक दिन फरक-फरक टोलहरूमा प्रदर्शन गरिन्छ। नवदुर्गा गणका सदस्यहहरुका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँहरूमा प्रदर्शन गरिन्छन्।

भक्तपुरको दत्तात्रय, काठमाडौँ,गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन्। साथैटौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका,दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरक फरक दिनमा टोल टोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ। नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिका लगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ। साथै काठमाडौँको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ। उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान बनमालाका अनुसार नाचमामुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन्। उनका अनुसार नाचमा १३ वटा मकुन्डोरहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ। उनका अनुसार नाचमा भैरव, महाकाली,बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव,श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्दछन् । नाचको क्रममा बाजा बजाउनेसमेत गरिन्छ। परम्परागत भेषभूषामादेवगणको प्रतिकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ।

साथै नाचको क्रममा घरपरिवारसँग छुटिएर बस्नुपर्ने, खानामा बार्नु पर्ने लगायतको परम्परा छ ।यी लगायत आर्थिक कारणले नाच सङ्कटमा रहेका नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्यहरु बताउँछन्। नाचका लागि आर्थिक लगायतका विभिन्न समस्याहरू रहेकोले सहयोग हुनुपर्ने माग देवगणहरुले गरे। टोल टोलमा नाच देखाइने भएकाले स्थानीय स्तरका नगरपालिकाका, गाउँंपालिकाहरुले सहयोग गर्नुपर्नेमा उनीहरुको विशेष जोड छ। नाच प्रदर्शन गर्न जाने देवगणहरू यस्तो जाडोमा पनि खुला आकाशमुनि त्यतिकै सुत्नुपर्ने लगायतका बाध्यता रहेको उनीहरूले सुनाए। 

प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँदैन। मुकुन्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउने गर्दछन्। स्थानीय युवाहरुले देवतालाई जिस्क्याउँंदा देवताले  समात्ने प्रयास गर्छ। यो जात्रामा दर्शकले सिठ्ठी बजाउँदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा.... गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्दछन्। लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ। यही नै जात्राको मुख्य आकर्षण समेत हो।

इतिहासविद् प्रा.डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार वंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरकाराजा भुबन मल्ल ९ई सं १५०५देखि १५१९ं० ले सञ्चालनमा ल्याएको हो। प्रा.डा श्रेष्ठकाअनुसार नेपाल संवत् ६३३ ९ईस १५१३० मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन उनले नाच चलाएको पाइन्छ। कति गते कता रु ३ गते तचपाल, ४ गते काठमाडौँ, ५ गते टोल परिक्रमा, ६ गते गछें, माघ १९ गते साखु, २३ गते चागुनारायणा नगरपालिका,२४ गते भ।न।पा फर्किने परम्परा रहेको छ। फागुन ३ गते टोल परिक्रमा, फागुन ४ गतेदथुत्वचा, ५ गते टोल परिक्रमा, ६ गते ईनाचो, ७ गते गोल्मढी, ८ गते याछे टोल परिक्रमा, ९ गते ङालाके, १० र ११ गते काभ्रे सगा, १२ गते टोल परिक्रमा, १३ गतेटौमढी, १४ गते तालाको, १५ गते टोल परिक्रमा, १६ गते मुलाखु, १७ गते टोल परिक्रमा, १८ गते गहिती, १९ गते टोल परिक्रमा, २० गते क्वाछे, फाल्गुन २१ गतेतिबुक्छे।, २२ गते टोल परिक्रमा, २३ गते गोरचा, २४ गते टोल परिक्रमा, २५ गते खौमा,२९ गते टोल परिक्रमा, ३० गते इताछे ङलाकेगु जात्रा सम्पन्न गरी पुनः चैत्र २ गतेदेखि काभ्रेको नाला, धुलिखेल, श्रीखण्डपुर लगायत ६ दिनसम्म तिथि मितिको आधारमा निरन्तर रूपमा जात्रा हुने गर्छ।

प्रकाशित: २ माघ २०८० १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App