१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बमजनलाई लिन पूर्व भूमिसुधार राज्यमन्त्री लामा सिआइबी कार्यालयमा

पूर्व भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बलात्कार, हत्या आरोपमा पक्राउन परेका रामबहादुर बम्जन लिन केन्द्रीय अनुसन्धान ब्युरो पुगेकी छिन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालय बाहिर बम्जन आफ्नो भगवान रहेको र उनलाई लिन आएको बताइन्।

आफूहरूको भगवान रहेकाले हत्कडी नलगाई जिम्मा दिन र आफूले सर्लाही लैजाने भन्दै जिम्मा लिन सिआइबी आएको उनले बताइन्।

प्रहरीले पक्राउ गरेको बम्जनलाई बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसके पछि सर्लाही लैजाने तयारी गरेको छ।

प्रकाशित: २५ पुस २०८० ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App