११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सुरु भयो जय शङ्करको शव यात्रा...

सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको शव यात्रा सुरु भएको छ। बरहथवा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो।

तीन दिन पछि साहको शव आइतवार परिवारलाई जिम्मा लगाएपछि आज अन्त्येष्ठि गरिँदै छ। अन्त्येष्ठि अघि उनको शव यात्रा निकालिएको छ।

नगर परिक्रमा पछि बागमती नदीको खर्सलबा घाटमा साहको अन्त्येष्ठि गरिने पारिवारिक स्रोतले जनाएको छ।

आन्दोलनमा समेत सहभागी नभएका साहको मृत्यु भएपछि ३ दिनसम्म उनको शव सडकमै अलपत्र थियो। आइतवार पीडित पक्षसँग ११ बुँदे सहमति भएपछि उनको शव पोष्टमार्टम् पछि परिवारलाई जिम्मा लगाइएको हो।

प्रकाशित: २३ पुस २०८० ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App