१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य स्थिर

स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि अघिल्लो दिनकै मूल्यमा सुन कारोबार भइरहेको हाे।

मंगलबार सुनको मूल्य १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

प्रकाशित: ११ असार २०८१ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App