२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मकवानपुरमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

जिल्लाको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्व–पश्चिम सडक खण्डमा चामल लोड गरिएको ट्रक र यात्रुवाहक बस एकापसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

बिहीबार राति करिब ११:४० बजे हेटौंडातर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १–०१–००१ ख ४७६८ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो। घाइतेहरूको हाल चुरे हिल अस्पताल, हेटौंडामा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।   

प्रकाशित: १५ फाल्गुन २०८२ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App