२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि  निषेधाज्ञा भने जारी रहेको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि (आइतबार) बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।

पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले निषेधाज्ञा जारी गरेका हुन । 

यस अघि बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा हिजो  स्थानीय युवा जयशंकर साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीकोले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो।

प्रकाशित: २१ पुस २०८० ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App