३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

रौतहटमा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा पर चालकको ज्यान गएको छ। रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुरस्थित बागमती नदमा बिहबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी माधवनारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित पण्डितको ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाएका पण्डित ट्याक्टर चालक हुन्।

ना२त ८५०८ नम्बरको ट्याक्टरमा बालुवा लिएर जाँदै गरेको अवस्थामा आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भएर बागमती पुलभन्दा तल खसेपछि ट्याक्टरमा चेपिएर पण्डितको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ पुस २०८० ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App